बेटिङ कम्पनीकाे खुल्ला बिज्ञापन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 771 पटक हेरिएको

नेपालमा खेलमा सट्टेवाजी गर्ने कुनैपनि प्रकारका गतिविधीलाई सरकारले नै प्रतिबन्ध लगाएको छ । तर अझैपनि अबैध रुपमा नेपालमा क्रिकेटमा सट्टेवाजी गर्ने र गराउनेहरुको कमी छैन । नेपालमा विभिन्न माध्यमबाट बेटिङमा काम गर्ने विभिन्न कम्पनीले प्रचार गरिरहेका हुन्छन । तर कीर्तिपुर मैदानमा आजदेखि सुरु भएको एक बेटिङ कम्पनीको बोर्ड राखिएको देखियो ।

खेलका बेला बाउन्ड्रिलाइनमा डाँफा बेटको विज्ञापन गरिएको देखियो । जुन नेपालको कानुनको विपरित रहेको छ । नेपालको कानुनले प्रष्ट रुपमा सट्टेवाजी गर्न पुर्ण निषेध गरेको र यस्ता कुनैपनि विज्ञापन र प्रमोसन गर्न नहुने नियम नै रहेको छ ।

तर कीर्तिपुर मैदानमा नेपालमा सट्टेवाजी अवैधानिक भन्ने थाहा पाएर हो या भुलबस हो, डाँफा बेटको ठुला बोर्डहरु राखिएको पाइएको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना भनिएको यो प्रतियोगिताको कमर्सियल राइट्स सबै एक निजी कम्पनीलाई विक्रि गरेको छ ।

अब आयोजकका हिसावले यो प्रतियोगितामा जतिपनि कठिन काम हुन्छन, त्यसको जिम्मा क्यानलाई नै जाने देखिएको छ । किनकी यो प्रतियोगिताको ब्यवस्थापनको जिम्मा जोहरा स्पोर्टस म्यानेजमेन्टलाई दिइएको छ ।

क्यानले बेटिङ कम्पनीको विज्ञापनका विषयमा मैदानमा बोर्ड देखेपछि मात्र थाहा पाएको थियो । जसका कारण क्यानका पदाधिकारीले जोहरा स्पोर्टससँग कुरा गरिरहेको बताइएको छ ।

डाँफाबेटले अनलाइनबाट बेटिङको काम गर्छ । फिलिपिन्समा अवस्थित यो कम्पनीले अनलाइनबाट खेलकुदमा बेटिङ गर्नुका साथै क्यासिनो पनि खेलाउने गरेको छ ।

नेपालमा विभिन्न कम्पनीहरुले सोसियल मिडिया र अनलाईनबाट आफ्नो विज्ञापन गरिरहेका छन । तर कुनैपनि प्रतियोगितामा खुल्ला रुपमा बोर्ड नै राखेर बेटिङ कम्पनीको प्रचार भएको भने यो पहिलो पटक हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal