टी-२० विश्वकपमा पाकिस्तानलाई भिषाको समस्या नहुने, फाइनल अहमदावादमा खेलाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 266 पटक हेरिएको

भारतमा हुने टी २० विश्वकपमा सहभागिताका लागि पाकिस्तानी खेलाडीले भारत सरकारले सहज रुपमा भिषा दिने भएको छ । यसका साथै पाकिस्तानी मिडियाकर्मीलाई पनि भिषामा समस्या नहुने भएको छ ।

भारतमा हुने टी २० विश्वकपमा पाकिस्तानी खेलाडी र मिडियाकर्मी तथा समर्थकलाई भिषाको समस्या हुने भन्दै पाकिस्तान क्रिकेट बोर्ड आपत्ती जनाएको थियो । जसका लागि पीसीबीले मार्च ३१ तारिखसम्मको अल्मिेटम दिएको थियो । तर बीसीसीआईले भर्चुअलको माध्यमबाट एपेक्स काउन्सिलसँग यो विषयमा छलफल गरेको थियो ।

जसका आधारमा पाकिस्तानी खेलाडी र मिडियाकर्मीलाई भिषाको कुनै समस्या नहुने बताइएको छ । तर समर्थकको विषयमा भने अझै निर्णय गरिएको छैन ।

टी २० विश्वकपका लािग नौ वटा मैदान तय गरिएको छ । जसमा दिल्ली, मुम्बई, चेन्नेई, बैंग्लोर, हैदरावाद, कोलकाता, लखनउ र धर्मशाला स्टेडियम छन । प्रतियोगिताको फाइनल भने अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

टी २० विश्वकपमा खेल्न आउँदा पाकिस्तानी टिम पाँचपछि भारतमा खेल्न आउनेछ । यसअघि सन् २०१६ मा टी २० विश्वकपमा भाग लिन पाकिस्तान भारत आएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey