नयाँ ढाँचाकाे च्याम्पियन्स लिग !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 370 पटक हेरिएको

यूरोपियन फुटबल महासंघ यूइएफएको प्रतियोगिता कमिटीले नयाँ फरम्याटको च्याम्पियन्स लिगका शुक्रबाट विशेष बैठक राख्ने भएको छ । सन् २०२४ बाट लागु हुने नयाँ फरम्याटको प्रतियोगिताका विषयमा मंगलबार बस्ने कंग्रेशमा पनि छलफल हुनेछ ।

सन् २०२४ देखि २०२७ सम्मका लागि युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगका ढाँचा परिवर्तन गर्न खोजिरहेको छ । जसमा टिमको संख्या बढाएर ३६ पुर्याउने प्रस्ताव छ । अहिले च्याम्पियन्स लिगमा छनौट भएर आएका ३२ टिमले खेल्दै आएका छन ।

यसका साथै एक सिजनमा यो प्रतियोगितामा एक सय खेल खेलाइने तालिका छन । यसको अर्थ विजेता हुने टिमले एक सिजनमा १७ खेल खेल्न पाउनेछ । आयोजकले नयाँ फरम्याटलाई स्विस स्टाइल फरम्याटमा परिवर्तन गर्न खोजेको छ ।

नयाँ फरम्याटले तुलनात्मक रुपमा कमजोर टिमलाई बढि फाइदा हुने संभावना रहेको बताइएकोस छ । यूइएफएले केहि नयाँ टिमले पनि यो प्रतियोगितामा सहभागिता गर्न पाउन भन्ने आशयका साथ फरम्याट परिवर्तन गर्न लागेको बताएको छ ।

नयाँ ढाँचा अनुसार हरेक टिमले १० खेल खेल्नेछन । जसमा पाँच खेल घरेलु मैदानमा र पाँच अवे खेल खेल्नेछ । यसका साथै अहिले समुह चरणमा विभाजन गरिदै आएकोमा अब सबै क्लवलाई चार पोटमा राखिने र एक देखि ३६ सम्मको बरियता दिइने छ । जसमा उनीहरुको बरियता घरेलु लिगमा गरेको प्रदर्शनका आधारमा छुट्याइनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey