फ्रेन्च लिग वानमा शीर्ष स्थानको लिलीले बराबरी खेल्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 438 पटक हेरिएको

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको लिली बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा लिली आठौं स्थानको मोन्टपिलरसँग एक एक गोलको बराबरीमा रोकिँदै एक एक अंक बाँड्न बाध्य भएको थियो ।

घरेलु मैदानमा एक गोलले पछि परेको शीर्ष स्थानको लिलीले दोस्रो हाफको अन्त्यतिर बराबरी गरेको थियो ।

२१ औं मिनेटमा मोन्ट पिलरका लागि एन्डी डेलोर्टले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको लिलीले ८५ औं मिनेटमा बराबरी गोल फर्काएका थियो ।

उसका लागि लुईज अरुगोले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

यो नतिजासँगै शीर्ष स्थानको लिलीले ३३ खेलबाट ७० अंक बनाएको छ भने एक खेल कम खेलेको पीएसजीको ६६ अंक रहेको छ ।

तेस्रो स्थानमा रहेको मोनाकोको ६५ अंक रहेको छ ।

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey