आइपीएलमा चेन्नेईकाे पहिलाे जित, पञ्जाव ६ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 305 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नेईले पञ्जाव किंग्सलाई ६ विकेटले हरायो । जारी प्रतियोगितामा पञ्जावले पहिलो हार ब्यहोरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रन बनायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोडे ।

उसका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए भने जे रिचार्डसनले १५ तथा दिपक हुँडा र क्रिस गेलले १०–१० रन थपे । मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको पञ्जावले १९ रन बनाउँदा चार विकेट खेर फालेको थियो ।

तर उसको विकेट झर्नेक्रम यतिमा रोकिएन । उसको स्कोर ५७ रन हुँदा ६ विकेट झरेको थियो । अन्तिममा उसले मात्र एक सय ६ रन बनायो ।
बलिङमा दिपक चाहरले चार विकेट लिए ।

जवाफमा चेन्नेईले १५ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात चेन्नेईले पनि राम्रो गर्न सकेन । २४ रनमा पहिलो विकेट गुमाएको उसका लागि मोयन अली र फाफ डुप्लिसिसले ६६ रनको साझेदारी गरे । उसका लागि मोयन अलीले ४६ रन बनाए । उनले ३१ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यस्तै फाफ डुप्लिसिसले ३६ रनको योगदान गरे भने सुरेस रैना आठ रनमा मात्र आउट भए भने अम्बाती राइडुले खाता खोल्न सकेनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey