दक्षिण अफ्रिकाविरुद्धकाे टी-२० सिरिज पाकिस्तानकाे पाेल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 441 पटक हेरिएको

पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

सेन्चुरियनमा शुक्रबार राति भएको अन्तिम खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज ३-१ जितेकाे छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले १९ ओभर ३ बलमा अलआउट हुँदै एक सय ४४ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका रस्सी भानडेर डुसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । जानेमान मालनले ३३ रन जोड्दा एडिन मार्क्रमले ११ रन बनाए । पाकिस्तानका हसन अलि र फाहिम आश्रफले ३-३ विकेट लिए ।

जवाफमा पाकिस्तानले १९ ओभर पाँच बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानको जितमा फकर जमानले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नवाजले अविजित २५ रन जोड्दा कप्तान बाबर आजमले २४ रन बनाए ।

दक्षिण अफ्रीकाका लिजाड विलियम्स र सीसान्डा मागलाले २-१ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal