बिजय युथ क्लव सिमरा गाेल्डकपकाे क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 535 पटक हेरिएको

विजय युथ क्लव जितपुर हेटौडा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले सुदुरपश्चिम ११ स्पोर्टस क्लवलाई दुई शुन्यले हराउँदै अन्तिम आठमा प्रवेश गर्यो ।

सिमरामा भएको खेलमा हेटौडाको जितमा नवराज गुरुङ र विकास लामाले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा नवराजको गोलमा अग्रता बनाएको हेटौंडाले पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको थियो । त्यसपछि ७५ औं मिनेटमा विकाशले गोल गर्दै विजय युथलाई दुई शुन्यले अगाडी राखे । उनले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दुई गोलले पछि परेको अवस्थामा सुदुरपश्चिमले खेलमा फर्कनका लागि गरेका प्रयासहरुलाई आत्मसाथ गर्न सकेन र प्रतियोगिताबाट बाहिरीयो ।
अब सेमिफाइनलमा विजय युथ क्लवले संकटा क्लवसँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey