‘घरेलु मैदानमा त्रिकोणात्मक सिरिजको उपाधि उचाल्नेमा विश्वस्त छौ’-ज्ञानेन्द्र मल्ल ( भिडियो प्रिभ्यू )

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 549 पटक हेरिएको

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम तयार रहेको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन ।

उनले यो सिरिजका लागि तयारीको समय केहि कम देखिएपनि पहिलेबाट नै विभिन्न खेल खेल्दै आएकाले सबैको कम्बिनेसन राम्रो रहेको धारणा राखेका छन ।

उनले प्रशिक्षक डेभ ह्वाटमोरसँग धेरै समय विताउन नपाएपनि उनीसँग छोटो समयमा नै टिमका लागि फाइदाजनक रहेको बताए ।

कप्तान ज्ञानेन्द्रले प्रतियोगितामा सहभागि सबै टिम लामो समयपछि अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको र सबैका लागि यो प्रतियोगिता राम्रो एक्पोजर जस्तोपनि हुने बताए ।

मलेसियाको टिमपनि राम्रो कम्बिनेसन रहेको र नेदरल्याण्ड्स टिमसँग नेपालले राम्रो खेल खेल्नेमा विश्वस्त रहेको बताए ।

घरेलु मैदानमा घरेलु दर्शकमाझ खेल्न पाउँदा सबै खेलाडी उत्साहित भएको कप्तान ज्ञानेन्द्रले बताए ।

हेरौ नेपाल भर्सेस नेदरल्याण्ड्सको भिडियो प्रिभ्यू र ज्ञानेन्द्रको भनाई

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey