उपराष्ट्रपती कप ब्याडमिन्टनका लागि भक्तपुरबाट ८ खेलाडी छनाैट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 480 पटक हेरिएको

तेश्रो केन्द्रिय उपराष्ट्रपती कप चिल्डे«न्स गेमका लागि भक्तपुर जिल्लाबाट ब्याडमिन्टन खेलाडी छनौट गरिएको छ ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठको उपस्थितीमा भएको छनौट प्रतियोगितामा ४ छात्रा र ४ छात्र गरि ८ खेलाडीहरु छनौट गरिएको हो ।

लोकन्थलीस्थित मध्यपुर ब्याडमिन्टन एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट बागेश्वरीका सिभिक ज्याख्वो, लिसाका कसिर नखेभु र श्रेयस रञ्जितकार तथा सामुदायिकका रोजन गोरा रहेका छन् ।

यस्तै छात्रा तर्फ हिमालयन ग्लोरीकी रुशा जटि, लिसाका तजश्वी मानन्धर र सोनाम प्रजापती तथा प्रोक्सिमाकी रिना थापा छनौट भएको प्रशिक्षक सविन ढुङ्गेलले जानकारी गराएका छन् ।

छनौट भएका खेलाडीहरुलाई यहि मिति २०७८ बैशाख ८ गते खेल सामाग्री र ट्रायक सुट वितरण गरिने जिल्ला कार्यालय प्रमुख बाबुकाजीले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey