चितवनबाट एनएसएल खेल्ने तयारीमा रहेका खवास र लेखी कोरोना मुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 778 पटक हेरिएको

त्रिभुवन आर्मी क्लवका कप्तान तथा नेपाल सुपर लिग टिम चितवन एफसीका मार्की खेलाडी भरत खवास कोरोना मुक्त भएका छन । यसका साथै चितवनबाट एनएसएल खेल्ने तयारीमा रहेका शिशिर लेखीपनि कोरोना मुक्त भएका छन ।

भरत र लेखीलाई कोरोना देखिएको एक सातामा नै रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना पोजेटिभ भएपछि भरतले एएफसी कप छनौट अन्तर्गत बैंग्लुरु एफसीसँगको खेल गुमाएका थिए । कोरोना पोजेटिभ भएपनि उनीहरु आइसोलेसनमा रहेका थिए । तर उनीहरुमा त्यस्तो लक्षण भने देखिएको थिएन ।

यस्तै शिशिर लेखीको पोजेटिभ भएको चार दिनपछि नै रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

पछिल्लो पटक आर्मीका चार खेलाडीमा कोरोना देखिएको थियो । यता थ्री स्टारका खेलाडी अनन्त तामाङपनि कोभिडका कारण हाल आइसोलेसनमा रहेका छन ।

अब भरतको रिपोर्ट नेगेटिभ आएपछि उनी एनएसएल खेल्ने पक्का भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey