एशियाडका लागि पौडीका ४ खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-२१
  • |
  • 248 पटक हेरिएको

नेप्लेज, २१ जेठ । इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोट भएका छन् ।

नेपाल पौडी संघको आयोजनामा सोमबार सम्पन्न २२ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सर्वाधिक फिना अंक ल्याउने पुरुष र महिला २–२ गरी ४ खेलाडी एसियाडलाई छनोट गरिएको पौडी संघले जनाएको छ ।

पुरुषमा शुभम श्रेष्ठ र शिरीश गुरुङ छनोट भए । १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट ०८.९४ सेकेन्डमा पूरा गरेका शुभमले ५ सय २४ अंक प्राप्त गरे । शिरीशले १ सय मिटर फ्रि स्टायल ५७.०३ सेकेन्डमा तय गर्दै ४ सय ८९ अंक जोडे ।

महिलामा गौरिका सिंह र टीसा शाक्य छानिए । २ सय मिटर फ्रिस्टायलमा २ मिनेट ०९.१९ सेकेन्डको प्रदर्शन गरेकी गौरिकाले ६ सय ३० फिना अंक जोडिन् । त्यस्तै टीसाले ५ सय ७ अंक हासिल गरिन् । टीसाले १ सय मिटर फ्रिस्टायल १ मिनेट ०३.८२ सेकेन्डमा तय गरेकी थिइन् । बैलल्किपक खेलाडीको पुरुषमा अनुभव सुब्बा र महिलामा डुवाना लामा छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey