त्रिकाेणात्मक टी-२० क्रिकेट भाेलीदेखि, दर्शक प्रवेशमा ठूलाे अन्याेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 640 पटक हेरिएको

नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी २० सिरिजको एक दिन अगाडी स्वास्थ्य मन्त्रालयले कोभिडका कारण विभिन्न १४ जिल्लामा भिडभाड हुने स्थानमा नजानका लागि सूचना जारी गर्यो । त्यो सूचीमा काठमाडौं पनि रहेको छ । एक ठाँउमा २५ जना भन्दा बढि मानिस जमघट हुन नपाउने भनेर जारी गरेको सूचनाका कारण शनिबारबाट सुरु हुने टि २० सिरिजमा दर्शकको प्रवेशमा के हुन्छ भन्ने ठूलो अन्योल खडा भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनालाई आधार मान्ने हो भने यो प्रतियोगितामा दर्शकको प्रवेशलाई रोक लगाउनु पर्ने अवस्था देखिएको छ । यदि सरकारले जारी गरेको मापदण्डलाई नै बेवास्ता गरेर मैदानमा दर्शकलाई राख्ने संभावना पनि निकै कम देखिन्छ ।

यता यो प्रतियोगिताको ब्यवस्थापनको जिम्मा पाएको जोहरा स्पोर्टस म्यानेजमेन्टका प्रमुख आमिर अख्तरले खेलका बेला दर्शकको उपस्थितीको टुंगो आयोजकले लगाउने बताए । उनले आफुहरु आयोजक नभएको र आयोजकलाई नै सोध्न नेप्लेजलाई बताए ।

यता यो प्रतियोगिताको आयोजकको ट्याग मात्र राखेको क्यानका सचिव अशोकनाथ प्याकुरलले सरकारले दर्शकलाई नराख्न भनेर निर्देशन नै नदिएको र सूचना जारी भएको हो, अहिलेपनि टिकट विक्रि भइरहेका छन, अब के गर्ने भन्नेमा अन्योल नै रहेको बताए । उनले आफ्नो चाहना दर्शकसहितको प्रतियोगिता होस भन्ने हो, तर स्वास्थ्य मन्त्रालयको सूचनाले अन्योल सिर्जना गरेको र यसमा छलफल कै क्रममा रहेको बताए ।
क्यानले यो प्रतियोगितामा दर्शकका लागि एक सय ५० रुपैयाँको टिकट मुल्य राखेको छ । प्रतियोगिताका लागि अनलाईनबाट धमाधम टिकट विक्रि भइरहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २५ जना भन्दा बढि भेला नहुनु भनेको छ । अब त्यसकाे बेवास्ता गरेकाे खण्डमा कारवाही समेत हुन सक्ने बताए । उनले सरकारकाे सूचनाकाे बेवास्ता गरेमा कानुन नलाग्ला भन्न सकिन्न, याे सूचनामा खेलकुद भनेर प्रष्ट लेखेकाे र त्याे कानुन उनीहरूलाइपनि  त लाग्छ होला नी भनेर प्रति प्रश्न गरे । प्रतियोगितामा भिड हुने गरेर दर्शक राखेकाे खण्डमा कारबाही गर्ने संभावना हरेकाे बताए ।

क्यानले यो प्रतियोगिताका लागि सबै खर्चबाहेक आफ्नो हातमा १५ लाख आउनुपर्छ भनेर सम्झौता गरेको थियो । जसमा ब्यवस्थापनको जिम्मा पाएको कम्पनीले सबै प्रायोजक, टिकट विक्रिबाट उठेको रकम आफुले राख्न पाउने अधिकार लिएको छ । यसका साथै प्रतियोगिताको कर्मसियल राइट्स नै खरिद गरेपछि क्यानमा अहिले एकले अर्कालाई दोश लगाएर हिडिरहेका छन ।

उनीहरु अहिले गल्ति भएको र अब प्रतियोगिता सफल रुपमा सम्पन्न गर्नुपर्ने लाइनमा छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey