म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम चारमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 527 पटक हेरिएको

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहीबार राति भएको खेलमा खेलमा स्पेनिस प्रतिस्पर्धी ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

समग्रमा म्यानचेस्टर युनाइटले ४–० गोल अन्तरले विजयी भयो ।

पहिलो लेगमा पनि युनाइटेड २–० कै नतिजाका साथ विजयी भएको थियो ।

ओल्ड ट्राफोडमा युनाइटेडलाई जिताउनका लागि एडिसन काभानीले एक गोल गर्दा अर्को गोल भने उपहार पाएको थियो ।

छैटौं मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, ९० औं मिनेटमा ग्रानडाका जेसस भालेजोले आत्मघाति गोल गरेपछि युनाइटेड २–०ले विजयी भयो ।

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey