विराट गाेल्डकपकाे उपाधिका लागि पञ्जाव पुलिस र एपीएफ खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 314 पटक हेरिएको

संकटा क्लबलाई हराउँदै पञ्जाब पुलिस बिराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा पञ्जाबले संकटालाई १–० ले हराउँदै फाइनलमा स्थान बनायाे ।  शहिद रंगशालामा सम्पन्न खेलको पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे ।

खेलकाे ७६औं मिनेटमा परमजित सिंहले गरेको गोल भारतीय टिम पञ्जावलाई फाइनलमा पुर्याउन पर्याप्त बन्याे ।

पञ्जाबले अब फाइनलमा बैशाख ४ गते एपिएफ क्लबसँग भिड्नेछ । बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey