दिल्लीले अक्सर पटेल र श्रेयसकाे स्थानमा ल्यायाे २ नयाँ खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 707 पटक हेरिएको

दिल्ली क्यापिटल्र्सले केहि समयका लागि अक्सर पटेलको स्थानमा साम्स मुलानी र श्रेयर ऐयरको स्थानमा अनिरुध जोशीलाई आइपीएलका लागि टिममा लिएको छ ।

कोरोनाका कारण हाल आइसोलेसनमा रहेका अक्सर पटेलको स्थानमा केहि समयका लागि दिल्लीले मुलानीलाई टिममा लिएको छ । मुलानी बायाँहाते ब्याट्सम्यान र स्पिनर हुन । उनी आइपीएलको खेलाडी रेगुलेसनका आधारमा दिल्लीमा भित्रिएका हुन । उनी अक्सर निको भएर टिममा नफर्किएसम्ममात्र दिल्लीमा हुनेछन ।

मुलानीले भारतीय घरेलु क्रिकेटमा मुम्बईबाट खेलेका छन । जसमा उनले १० वटा पहिलो श्रेणीको क्रिकेट खेलेका छन । तर उनको आइपीएलमा पहिलो अनुभव हुनेछ ।

यस्तै अनिरुध जोशीले दिल्लीका नियमित कप्तान ऐयरको स्थान लिनेछन । काँधको चोटका कारण टिम बाहिर रहेका ऐयरलाई मिडिल अडरका ब्याट्सम्यान जोशीले रिप्लेस गरेका छन । उनी अफ स्पिन बलिङ पनि गर्छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey