दक्षिण अमेरिकी फुटबल संघलाई मेस्सीको पचास हजार कोरोना खोप सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 701 पटक हेरिएको

नेप्लेज,अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिको पूर्वसन्ध्यामा दक्षिण अमेरिकी फुटबल संघलाई ५० हजार डोज कोरोना खोप सहयोग गरेका छन् ।

गार्डीयनका अनुसार मेस्सीले तीन हस्ताक्षरित बार्सिलोना शर्ट प्रदान गरेपछि चिनियाँ औषधि कम्पनी सिनोवाकसँग सम्झौता भएको थियो।

दक्षिण अमेरिकी फुटबल संघका अफिसियल गोन्जाले बेलोसोले ट्वीटरमा मेस्सीको हस्ताक्षर भएको सर्टको तस्बिर सार्वजनिक गर्दै  सम्झौताको खुलासा गरेका हुन्।

दक्षिण अमेरिकी फुटबल संघ, कोन्मेबोलले कोलम्बिया र अर्जेन्टिनामा आयोजना हुने शोपीसका लागि महादेशका धेरै खेलाडीहरूलाई खोप दिने योजना गरिरहेको छ।

जसमा ५० हजार खोपमध्ये केही खोप अर्जेन्टिनाको पहिलो डिभिजन पुरुष  खेलाडीहरुलाई प्रदान गरिनेछ ।

‘अर्जेन्टिनाको पहिलो डिभिजन टोलीका सबै खोप लगाउने हो,हामी सबै फुटबल खेलाडीहरू कोपा अमेरिकाका अगाडि इनोकुलेट गरिएको चाहन्छौं किनभने तिनीहरू मध्ये कुनैलाई पनि खेल्न बोलाउन सकिन्छ’ बेलोसले भने ।

त्यस्तै अर्जेन्टिनी सरकारले पहिलो पटक चीनको सिनोवाक खोप स्वीकृत गर्ने बताएको छ ।

अर्जेन्टिनी सरकारले कोरोनाभाइरसको फैलावट रोक्नको लागि कडा लकडाउनमा पनि विचार गरिरहेको छ भने देशले अर्को खोपको प्रतीक्षा गरिरहेको छ, जुन अप्रिल अन्तिमसम्म आइपुग्ने बताइएको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey