टोकियो ओलम्पिकका लागि रसियन टिमले राष्ट्रिय झण्डाविनाको ड्रेस सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 548 पटक हेरिएको

जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि रसियाले देशको झण्डाविना नै डिजाइन गरिएको ड्रस सार्वजनिक गरेको छ ।

टोकियो ओलम्पिकका बेला रसियाले सेतो, रातो र निलो रंग सम्मिलित ड्रेस लगाउने भएको छ ।

सन् २०२२ सम्म अन्तराष्ट्रिय ओलम्पिक कमिटीको प्रतिबन्धमा रहेको रसियालाई ओलम्पिकमा सहभागिता गर्न देशका झण्डा मुनी खेल्न नपाउने नियम बनाइएको छ । जसका कारण रसियाले विना झण्डा ड्रस सार्वजनिक गरेको हो ।

खेलाडीले लगाउने जर्सीमा रसियन ओलम्पिक कमिटीको लोगो राखिने छ । त्यसको मुनी ओलम्पिकको लोगो राखिनेछ ।

रसियालाई कोर्ट अफ आर्बिटेसनले देशको झण्डामा ओलम्पिक लगायतका केहि मुख्य अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाएको छ ।

रसियाले एन्डी डोपिङको नियम उलंघन गरेको भन्दै सो प्रतिबन्ध लागेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey