एपीएफ विराट गाेल्डकपकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 467 पटक हेरिएको

विराटनगर महानगरपालिकालाई तीन दुई गोलले हराउँदै विभागिए टिम एपीएफ क्लव विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराट रंगशालामा भएको खेलमा एपीएफले घरेलु टिमलाई अतिरीक्त समयमा पराजित गर्दै फाइनलमा स्थान बनायो ।  एपिएफको जितमा सनिस श्रेष्ठ, रबि थिङ्ग र मणि लामाले गोल गरेका थिए । संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको विजेतासँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिस श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले गरेको प्रहार विराटनगरका गोलकिपरले पञ्च गरेको बललाई सनिसले वान टच गोलमा परिणत गरे । खेलको २२ औं मिनेटमा विराटनगरका स्टेफि समिरले दुई जना एपिएफका रक्षकलाई छक्याउँदै गरेको कडा प्रहारलाई एपिएफका गोलकिपर राजु नगरकोटीले डाइभ गर्दै उत्कृष्ट तरिका बचाए ।

एक गोलले पछि परेको विराटनगरले दोस्रो हापमा समालिएर खेलेको थियो । दोस्रो हाफको पहिलो मिनेटमा विराटनगरका स्टेफेन समिरले निकाले बललाई एकराज बुढाथोकीले गरेको प्रहार पोलमाथिबाट बाहिरिए पछि विराटनगर बाराबरी गर्ने राम्रो अवसर गुमायो । खेलको ५४ औं मिनेटमा विराटनगरका सुनिल खडकाले दिएको क्रस पासलाई स्टेफेन समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहारले जाली चुमेपछि विराटनगर खेल बराबरीमा ल्याएको थियो ।

विराटनगरले गोल गरेको १३ मिनेट बित्न नपाउँदै एपीएफका रवि थिङ्गले ६७ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाएपछि एपिएफलाई २–१ गोलको अग्रता दिलाए । रवि २५ औं मिनेटमा बुद्धिमान राईको बदलामा मैदान छिरेका थिए ।

एपिएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरका प्रकाश बुढाथोकीले डिबक्सको लाईनबाट वान टचमा गरेको प्रहारले जाली चुमेपछि खेल २–२ को बराबरीमा ल्याएका हुन् । प्रकाशले स्टेफेन समिरको लामो पासलाई सदुप्रयोग गर्दै गोल गरे ।

घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८१ अ‍ैं मिनेट सन्जोग राईले गरेको प्रहार एपिएफका मिपर राजुले बचाए । फेरी ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले प्रहार गरेको बल उपिएफका किपर राज्ले टच गरि पोलमा लागि रिवाउण्ड भए पछि विराटनगर अग्रता बनाउँने मौका गुमायो ।

९० औं मिनेटको निर्धारित समयसम्म २/२ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्क्त समय सकिन ४ मिनेट बाकी रहेको अवस्थामा एपिएफका मणि लामाले विराटनगरका २ जना डिफेन्डरलाई छक्याउँदै गोल गरेपछि एपिएफको उपाधि यात्रालाई सहज भएको थियो ।

विराटनगर पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा विराटनगरले हार व्यवहोरेको छ ।

खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

बिहीबारको खेल आरा रारा गोल्डकपका बिजेता संकटा ब्याइज स्पोटिङ्ग क्लब काठमाण्डौं र भारतको पंजाव पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ । संकटाले क्यामरुनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा क्यामरुनलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey