आर्मीकाे बी टिम सिमरा गाेल्डकपकाे क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 584 पटक हेरिएको

बाराको सिमरामा जारी जितपुर सिमरा गोल्डकपमा आर्मीको बी टिमले विरगञ्ज युनाइटेडलाई चार एक गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आर्मीको जितमा जर्जप्रिन्स कार्कीले दुई गोल गरे भने सन्तोष केसी र सुशान्त चौधरीले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा नै सन्तोषको गोलमा आर्मीले अग्रता बनायो । त्यसपछि ४१ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले आर्मीको अन्तर दुई शुन्यमा पुर्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा आर्मी खेलमा तीन शुन्यले अगाडी रह्यो । यसपटक आर्मीका लागि सुशान्तले गोल गर्न सफल भए ।

पहिलो हाफमा तीन शुन्यको अग्रता बनाएको आर्मीले ४८ औं मिनेटमा चौथो गोल थप्यो । उसका लागि जर्ज प्रिन्स कार्कीले ब्यक्तिगत दोस्रो गोल गरे । उनले सुशान्तको क्रसमा गोल गरेका थिए ।

६१ औं मिनेटमा विरगञ्जका लागि चतुर्धन चौधरीले गोल गर्दै टिमलाई चार एकको अवस्थामा पुर्याएका थिए । तर त्यसपछि विरगञ्ज खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

प्रतियोगितामा विहिबार भरतपुर फुटबल क्लव र बागमती युवा क्लवविच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal