त्रिभुवन आर्मी क्लब बेंगलुरुसँग स्तब्ध, एएफसी कपको रेसबाट पनि आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 462 पटक हेरिएको

नेपालको विभागीय क्लब त्रिभुवन आर्मी एएफसी कपको दक्षिण एशियाली छनोटको रेसबाट बाहिर भएको छ । बुधबार भारतको बेंगलुरु फुटबल क्लबसँग ५–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिर भएको हो ।

पहिलो प्ले अफ अन्तर्गत दशरथ रंगशालामा भएको खेलमा श्रीलंका पुलिसविरुद्ध जित निकाल्दै दोस्रो चरणमा बेंगलुरुसँगको भेट पक्का गरेको थियो । बेंगलुरुका लागि राहुल भेके र क्लिटन सिल्भाले दुई दुई गोल गर्दा कप्तान सुनिल क्षत्रीले एक गोल थपेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा भने सम्झन लायक प्रदर्शन गर्न सकेन । बेंगलुरुले ५१ औं मिनेटमा गोलको खाता खोल्दै अग्रता लिएको थियो । बेंगलुरुका लागि राहुल भेकेले हेडर गोल गरेका थिए । ५२ औं मिनेटमा कप्तान सुनिल क्षत्रीले सहज गोल गर्दै अग्रता दोब्बर बनाए ।

१५ मिनेटमित्र ५ गोल खाएको आर्मीले ६१ औं मिनेटमा तेस्रो गोलको सामना गरेको थियो । ब्राजिलियन स्ट्राइकर क्लिटन सिल्भाले गोल गरेका थिए । सिल्भाले नै व्यक्तिगत दोस्रो गोल ६५ औं मिनेटमा गरेपछि आर्मी ४–० गोल अन्तरले पछि परेको थियो । ६६ औं मिनेटमा राहुल भेकेले व्यक्तिग दोस्रो गोल गर्दा बेंगलुरु ५–० ले विजयी हुन पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey