इन्दिरा निराैला भलिबल संघकाे अध्यक्षमा लड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 278 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य तथा पूर्व भलिबल खेलाडी इन्डिरा निरौलाले नेपाल भलिबल संघको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारी दिने भएकी छिन ।

संघको आगामी निर्वाचनमा उनले अध्यक्षका लागि उम्मेदवारी दिने बताएकी छिन । उनले नेप्लेजसँगको नयाँ बर्षसँगै नयाँ कुराको थालनी गर्ने भन्दै भलिबल संघको अध्यक्षका लागि निर्वाचनमा लाग्ने बताइन ।

असारको पहिलो सातासम्ममा निर्वाचन सक्ने योजनामा रहेको भलिबल संघको अध्यक्षमा हालका अध्यक्ष मनोरञ्जनरमण शर्माले नदोहोर्याउने बताइसकेका छन ।

जसका कारण अध्यक्षका लागि केहि ब्यक्तिहरु इच्छुकपनि देखिएका छन । त्यसमा हालका महासचिव जितेन्द्रबहादुर चन्दपनि इच्छुक देखिएका छन भने उपाध्यक्ष निरोज मास्केले पनि चाहना राखेकी छिन ।

निरौलाले संघमा भलिबल बुझेका मानिसको खाँचो भएको र भलिबलको विकाशका लागि इमान्दार र स्वच्छ ब्यक्ति आवश्यक रहेकाले आफ्नो उमेद्वारी हुने बताइन ।

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा हरेकी निरौलाले भलिबल विकाशका लागि आफ्नो उम्मेद्वारी हुने बताइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey