दिल्ली क्यापिटल्सका एनरिकलाई कोरोना पोजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 420 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएल टिम दिल्ली क्यापिटल्सका तिब्र गतिका बलर एनरिक नोत्र्जेलाई कोरोना पोजेटिभ देखिएको छ ।

पाकिस्तानविरुद्धको सिरिज खेलेर दिल्लीको टिमको बायो बबलमा बस्ने तयारीमा रहेका बेला गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको छ ।

नोत्र्जेलाई राजस्थानविरुद्धको खेल अगाडी कोभिड देखिएको छ । उनीसँगै आएका कागिसो राबाडाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

आइपीएलका लागि आएका दुबै खेलाडी अहिले आइसोलेसनमा रहेका छन । दिल्लीका अर्का खेलाडी अक्सर पटेललाई यसअघि नै कोरोना भइसकेको छ ।

जारी आइपीएलमा दिल्लीले पहिलो खेलमा चेन्नेईलाई हराएको थियो । उसले दोस्रो खेल राजस्थानसँग खेल्नेछ । जुन खेल विहिबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal