Mega Bank

एनएसएल खेल्न पेड्रो मान्जी नेपाल पुगे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 294 पटक हेरिएको

नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको विराटनगर सिटी एफसीले विदेशी खेलाडी पेड्रो मान्जीलाई नेपालमा स्वागत गरेको छ ।

मान्जी बुधबार काठमाडौं पुगेका हुन । पछिल्लो समय भारतमा ब्यवसायीक फुटबल खेलिरहेका मान्जी पहिलो पटक नेपालमा खेल्न आएका हुन ।

३२ बर्षे मान्जी भारतीय आई लिगमा मोहम्मेदन स्पोर्टिङ क्लव र चेन्नेई सिटीबाट खेलेका थिए । जसमा उनले चेन्नेईबाट २३ खेलमा २६ गोल गरेका थिए भने मोहम्मेदनबाट आठ खेलमा ६ गो गरेका थिए ।

स्पेनीस लिग खेलेको अनुभव बोकेका मान्जीलाई भित्र्याएको विराटनगरले टिमलाई बलियो बनाउने योजनामा रहेको छ ।

विराटनगरले दुई अरु विदेशी खेलाडीमा एडेजाला र उर्लिचलाई अनुबन्ध गरेको छ । दुबै खेलाडीले यसअघि नै नेपालमा लिग खेलिसकेका छन ।

रञ्जित धिमाल मार्की खेलाडी बनाएका विराटनगरले स्थानीय खेलाडीका रुपमा मनिष डाँगीलाई ल्याएको थियो । नेपाल सुपर लिगमा विराटनगरले पहिलो खेलमा धनगढी एफसीसँग खेल्नेछ ।

बैशाख ११ गतेदेखि जेठ एक गतेसम्म हुने प्रतियोगिताका सबै खेल दशरथ रंगशालामा हुनेछन ।

भर्खरै

Advertisement