त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा, आशिफ र साहब पहिलो पटक टी-२० टिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 696 पटक हेरिएको

बैशाख चार गतेबाट कीर्तिपुर मैदानमा हुने त्रिकोणात्मक टी २० क्रिकेट सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा युवा खेलाडी साहब आलम र आसिफ शेखले पहिलो पटक टिममा स्थान बनाएका छन ।

२० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको प्रशिक्षक डेभ ह्वाटमोरको सल्लाहमा क्यानले १५ खेलाडीको टिमको घोषणा गरेको हो । जसमा टी २० क्रिकेटमा साहब आलम र आशिफले पहिलो पटक स्थान बनाएका छन । आशिफले सन् २०१७ मा बंगलादेशमा भएको इमर्जिङ एशिया कपमा ५० ओभरको खेलमा राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

यस्तै स्पिनर साहब आलमले सिनियर टिममा स्थान बनाएको पहिलो पटक हो । यस्तै सोमपाल कामीले टिममा कमब्याक गरेका छन । सन् २०१९ मा भएको सागपछि सोमपाल कम्मरको समस्याका कारण टिम बाहिर रहेका थिए । जसका कारण उनले नेपालमा भएको आइसीसी विश्वकप क्रिकेट लिग टु र थाइल्याण्डमा भएको एशिया कप छनौट गुमाएका थिए ।

त्रिकोणात्मक सिरिजमा नेपाल, मलेसिया र नेदरल्याण्ड्स खेल्नेछ । जसमा पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा हरेक टिमले एक अर्कासँग दुई दुई खेल खेल्नेछन । जसमा शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन ।

प्रशिक्षक डेभ ह्वाटमोरका लागि यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ ।

नेपाली क्रिकेट टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey