एएफसी कप छनौटः आर्मीको परिक्षा आज बैंगलुरु एफसीसँग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 506 पटक हेरिएको

एएफसी कपको प्रारम्भिक छनौट अन्तर्गत दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी टिमले आज बैंगलुरु एफसीसँग खेल्दैछ ।

गोवाको जिएमसी स्टेडियममा हुने खेल नेपाली समय अनुसार आजराति आठ बजेबाट सुरु हुनेछ । एएफसी लाइसेन्स पाएपछि पहिलो पटक एएफसीको प्रतियोगिता खेलिरहेको आर्मीका लागि सुनिल क्षेत्रीको कप्तानीमा रहेको बैंगलुरु एफसी ठूलो चुनौती रहेको छ ।

पहिलो चरणको खेलमा आर्मीले घरेलु मैदानमा श्रीलंकन पुलिस टिमलाई पाँच एकले हराएको थियो । तर दोस्रो चरणको खेलमा आर्मीका कप्तान भरत खवास, स्ट्राइकर जर्ज प्रिन्स कार्की, टेक बहादुर बुढाथोकी र विकेश कुथुको अनुस्थिती खड्किने देखिन्छ ।

चारै खेलाडी टिमबाट बाहिर रहेका छन । अब आर्मीको जिम्मेवारी नवयुग श्रेष्ठको हातमा बढि रहेको छ । यता भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीको कप्तानीमा रहेको बैंगलुरु टिम राम्रो रहेको छ । आइएसएल खेलिरहेको टिम बैंगलुरु यो सिजनमा सातौं स्थानमा रहेको थियो ।

सन् २०१५ र १६ मा एएफसी कपको फाइनलमा पुगेको बैंगलुरु एफसीले सन् २०१८ र १९ मा छनौट हुन सकेन ।

उसले अहिलेसम्म पाँच पटक एएफसी कप खेलिसकेको छ भने दुई पकटक एएफसी च्याम्पियन्स लिग खेलेको छ । जसमा उसले २०१६ र १७ मा च्याम्पियन्स लिगको इन्टरजोनलको सेमिफाइनलमा पुगेको थियो । अघिल्लो संस्करणको एएफसी कपमा प्लेअफसम्म पुगेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal