घरदैलाे अभियानकाे पहिलाे चरणबाट गाैतमबुद्ध रंगशाला निर्माणमा एक करोड २१ लाख सङ्कलन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 381 पटक हेरिएको

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदानका लागि मेची–महाकाली अभियानबाट एक कराेड भन्दा बढि रकम उठेकाे जनाइएकाे छ ।

यही चैत्र १० गतेदेखि पश्चिमकाे महेन्द्नगरबाट सुरु भएकाे अभियानमा पहिलाे चरणमा ६ जिल्लामा पुगेकाे थियाे । जसमा विभिन्न ब्यक्ति र सस्थाले सक्दाे सहयाेग गरेका थिए । जसमा फाउन्डेसनलाई १ करोड २१ लाख २० हजार रुपैयाँ सहयोग गरेका हुन । यो अभियानको पहिलो चरण कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, रुपन्देही, नवलपरासी हुँदै चितवनमा टुंगिएको थियो । सो अभियानमा नौ जनाको टिम रहेको थियो ।

यसका साथै फाउन्डेसनले यो विचमा हिड्दा एक रुपैयाँ पनि खर्च नभएको बताएको छ । अभियानमा हिड्दाको खर्च विभिन्न ब्यक्ति, संस्थाले सहयोग गरेर भएको बताएको छ ।

“रंगशालाभित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ–आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गरिएकाे हाे । पहिलाे चरणकाे अभियान सकिएकाे छ भने दाेस्राे चरणकाे अभियान चाँडै पूर्वकाे काँकडभिट्टाबाट सुरु गरिने बताइएकाे छ ।


अभियानमा प्रत्येक जिल्लामा दुई/दुई दिनसम्म बसेर त्यहाँ रहेका सहयोगी मन, संघसंस्था, बित्तिय संस्थाहरु, सहकारी, महिला तथा आमा समूह, विभिन्न समूहहरु र स्थानीय सरकारसँग हातेमालो तथा सहकार्य गरिएकाे थियाे ।

घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै कलाकारहरु कुमार कट्टेल (जिग्रि), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम हुमागाईं, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहने थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal