नव जनजागृती युवा क्लव सिमरा गोल्डकपको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 514 पटक हेरिएको

नव जनजागृती युवा क्लव सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृतीले बागमती गाउँपालिकालाई चार दुई गोल अन्तरले पराजित गर्यो ।

सिमरामा भएको निकै रोमाञ्चक खेलमा नव जनजागृतीका लागि लुइस भिडाल र डोना थापाले दुई दुई गोल गरे । उसले खेलमा निकै उत्कृष्ट कमब्याक गर्न सफल भयो ।

खेलमा जितको नजिक पुगेका बागमती गाउँपालिकाविरुद्ध खेलको अन्तिममा दुई गोल गर्दै नव जनजागृतीले रोमाञ्चक जित निकाल्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट खेल खेलेका डोना थापा म्यान अफ दी म्याच बने । उनले पाँच हजार रुपैयाँ पाए । प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी र विरगञ्ज युनाइटेडविच खेल हुनेछ ।

पहिलो पटक सिमरा गोल्डकप रात्रिकालिन समयमा भएको हो । प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey