संकटा बिराट गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 713 पटक हेरिएको

संकटा क्लब बिराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शहिद रङ्गशालामा भएकाे अन्तिम क्वाटरफाइनलमा अफ्रिकन रुटस एसोसिएशनलाई १–० काे झिनाे अन्तरकाे जित निकाल्दै स‌ङ्कटाले अन्तिम चारमा स्थान बनायाे । संकटाले सातामा दाेस्राे पटक अफ्रिकन रुट्सलाई हराएको हो ।  शनिबार मात्र सङ्कटाले पोखरामा सम्पन्न १९औं आहा! रारा गोल्डकपको फाइनलमा संकटाले अफ्रिकनलाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।

पहिलाे हाड्ड गाेलरहित बराबरि खेलेकाे संकटाले ६१ औं मिनेटमा अग्रता बनायाे । उसका लागि गणेश हमालले गाेल गर्न सफल भयाे । अन्तिममा साेहि गाेल संकटालाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो ।

संकटाले अब दोस्रो सेमिफाइनलतर्फ बैशाख २ गतेका दिन पञ्जाब पुलिस, भारतसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत बुधबार पहिलो सेमिफाइनल खेल घरेलु टोली बिराटनगर–११ र नेपाल एपिएफ क्लबबीच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal