नेपाल प्रिमियर लिगपछि क्यानको ध्यान नेपाल टी-२० फ्रेन्चाइजी लिगमा !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 629 पटक हेरिएको

नेपाल क्रिकेट संघको नयाँ कार्यसमिती चयन भएपछि पहिलो पटक क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक बर्षमा नेपाल प्रिमियर लिग गर्ने बचन दिएका थिए । तर क्यान आएको साँढे एक बर्ष भन्दा बढि हुँदा अहिले आएर २०२१ मा पनि नेपाल प्रिमियर लिग नहुने पक्का भएको छ ।

यो विचमा क्यानका पदाधिकारीले नेपाल प्रिमियर लिग आयोजनाको जिम्मा विदेशी कम्पनीलाई दिएको कुराले निकै आलोचना खेप्नुपर्यो । एक बर्ष अगाडी नै सम्झौता भएको र बर्षको दुई करोड दिने गरेर १० बर्षका लागि ४० करोड रुपैयाँमा प्रारम्भिक सम्झौता भएको कुराले क्यानका शिर्ष पदाधिकारीलाई निकै टाउको दुखाई बन्यो ।

तर समयसँगै त्यो कुरा सेलाउँदै गयो । अब पछिल्लो पटक क्यानले नेपाल प्रिमियर लिगको सट्टा नेपाल टी-२० फ्रेन्चाइजी लिग गर्ने आन्तरीक योजना बनाएको थियो । यो विषयमा शुक्रबार बसेको बोर्ड बैठकमा पनि सामान्य छलफल भयो ।

तर मुख्य कुरा टी २० फ्रेन्चाइजी लिगको आयोजनाका लागि नेपाल प्रिमियर लिगको जिम्मा दिएकै कम्पनीसँग कुरा भएको भन्ने बैठकमा मात्र जानकारी दिइएको थियो ।

यतिसम्म की दुई महिना अगाडी नै फ्रेन्चाइजी लिगका लागि भारतीय कम्पनीसँग प्रक्रिया अगाडी बढाएको र उसले दिएको बचन अनुसार एडभान्स रकम अहिलेसम्म क्यानलाई नआएपछि केहि पदाधिकारी आतुरमा छन । सो बैठकमा एडभान्स रकम पठाउछु भनेको समय कटिसक्दापनि नआएपछि, अब फेरी इमेल गरेर फलोअप गर्नुपर्ने भनेर बैठकमा बताइएको थियो ।

नेपाल प्रिमियर लिगको योजनालाई आखिर क्यानले किन थाती राख्यो

नेपाल प्रिमियर लिग नाम यसअघि नै कुनै एक कम्पनीले दर्ता गरिसकेको र त्यसलाई क्यानले आफ्नो स्वामित्वमा लिनका लागि प्रयास गरेपनि सोचेको जस्तो सफलता हात पार्न सकेन ।

त्यसपछि क्यानले फ्रेन्चाइजी क्रिकेट गर्नुपर्छ भनेर नेपाल टी २० फ्रेन्चाइजी लिग गर्ने आन्तरीक तयारी पनि गर्यो । यो नेपाल प्रिमियर लिगको अवधारणा नै रहेको थियो । त्यसमा क्यानले केहि तयारीपनि गरिसकेको थियो । तर अन्तिममा अहिले विभिन्न कारणले तत्कालका लागि थाती राखिएको छ ।

यो विषयमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले नयाँ कार्यसमिती आएपछि नेपाल प्रिमियर लिग गर्ने चाहना अनुसार धेरै काम पनि गरेको थियो ।

तर विभिन्न कारणले त्यो हुने संभावना कम भएपछि क्यानकै आफ्नो आयोजनामा एउटा फ्रेन्चाइजी प्रतियोगिता गर्नुपर्छ भनेर नेपाल टी २० फ्रेन्चाइजी लिग गर्ने चाहना अगाडी बढेको थियो । हामीले अप्रिलको ११ तारिखमा यसको घोषणा गर्नेपनि योजना बनाएका थियौ, तर परिस्थिती यस्तो आयो की तत्कालका लागि त्यो गर्न सकियन ।

क्यानले आफ्नो मातहतमा एउटा फ्रेन्चाइजी लिग अवश्य गर्ने, त्यसमा प्रिमियर नै जोडिनुपर्छ भन्ने पनि छैन, क्यानले नेपाल प्रिमियर लिग, नेपाल सुपर लिग, टी २० लिग जे भनेपनि गर्छ, प्रिमियरमा नै मह लागेको छैन, तर हामीले एउटा लिग गर्छौ भनेर अन्तिम चरणमा पुगेर घोषणा नै गर्ने अवस्था थियो, तर भारतमा पछिल्लो पटक कोभिडको प्रभाव निकै बढेकाले केहि समय रोक्नु परेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सोधिएका ११ प्रश्न

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey