समिक्षा र हिराको सफल शल्यक्रिया

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 524 पटक हेरिएको

नेपाल महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी हिरा भुजेल र समिक्षा घिमिरेको सफल अपरेसन भएको छ ।

दुबै खेलाडीको बी एण्ड बी अस्पतालमा मंगलबार शल्यक्रिया भएको हो । महिला लिगका बेला ल्याण्ड हुने क्रममा घुँडाको चोट बोकेकी हिराको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आएकाले गरिएको हो ।

उनको श्वास्थ्य अवस्था सामानय रहेको बताइएको छ । उनलाई र समिक्षालाई हेर्न महिला फुटबल खेलाडी अस्पताल पुगेका थिए ।

यता यू १९ टिमकी खेलाडी समिक्षाले पनि महिला लिगका बेला चोट बोकेकी थिइन । उनले लिग रौतहट टिमबाट खेलेकी थिइन ।

दुबै खेलाडीले फेरी मैदानमा फर्कनका लागि केहि महिना कुर्नुपर्ने भएको छ । शल्यक्रियापछि अब उनीहरुले फिजियो पनि गर्नुपर्ने हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal