Mega Bank

एनएसएल खेल्ने तयारीमा रहेको एफसी चितवनका दुई खेलाडीलाई कोरोना

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 250 पटक हेरिएको

नेपाल सुपर लिग खेल्ने तयारीमा हरेका दुई जना फुटबलरलाई कोरोना पोजेटिभ देखिएको छ । दुबै खेलाडी एफसी चितवनका रहेका छन ।

अहिले दुबै खेलाडी आइसोलसनमा रहेका छन । चितवनबाट एनएसएल खेल्ने तयारीमा रहेका दुई खेलाडीमा एक जना आर्मीका रहेको बुझिएको छ । उनी सो टिमका महत्वपुर्ण खेलाडी पनि रहेका छन । यस्तै अर्का खेलाडी पछिल्लो पटक थ्रीस्टारबाट खेलेका खेलाडी रहेका छन ।

एएफसी कपमा दशरथ रंगशालामा भएको खेलमा मैदानमा उत्रिएका आर्मीका खेलाडी त्यसपछि भारतका लागि जानु भन्दा अगाडी गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । जसका कारण ती खेलाडीले गोवामा हुने बैंगलुरु एफसीसँगको खेल खेल्न गएका छैनन् ।

दशरथ रंगशालामा भएको एएफसी कपको छनौट अन्तर्गत श्रीलंकन पुलिसको खेल अगाडी पनि चार जनामा पोजेटिभ देखिएको बताइएको थियो ।

यस्तै मोफसलमा थ्रीस्टारबाट खेलेका एक खेलाडीलाई कोरोना देखिएको छ । उनले पनि आहा रारा गोल्डकपबाट फर्किएपछि गरेको परिक्षणमा कोभिड देखिएको हो । उनीपनि अहिले आइसोलेसनमा बसेका छन ।

एफसी चितवनले भरत खवासलाई मार्की खेलाडीमा लिएको छ भने अक्सनबाट १४ खेलाडीलाई अनुबन्ध गरेको थियो । यस्तै विदेशी खेलाडी ल्याउने तयारीपनि अन्तिम चरणमा पुर्याएको छ ।

भर्खरै

Advertisement