सुनील र अनिलको उत्कृष्ट पारीमा पुलिसले दियो विशाल लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 226 पटक हेरिएको

सिक्किममा जारी कंचनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिगमा नेपालको टिम नेपाल पुलिस क्लवले इगल सिक्किम शसस्त्र पुलिसलाई तीन सय ५० रनको लक्ष्य दिएको छ । पुलिसका लागि सुनील धमला र अनिल कुमार शाहले शतकीय पारी खेले ।

पहिले ब्याटिङ गरेको पुलिसले निर्धारीत ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४९ रन बनायो । उसका लागि सुनील धमलाले एक सय ११ रन बनाए भने अनिललले एक सय दुई रनको पारी खेले । सुनीलले एक सय ३० बलमा १० चौका र तीन छक्का प्रहार गरे । यस्तै अनिलले ८० बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै कप्तान मञ्जित श्रेष्ठले ३५ रनको योगदान गरे भने रासिद खानले २९ रन थपे ।

यस्तै सिद्धान्त लोहनीले ११, दिलिप नाथले १७, शंकर रानाले १९ रन बनाए । बलिङमा प्रशान्तले तीन तथा मन्दिपले तीन विकेट लिए ।

जारी प्रतियोगितामा पुलिसले लगातार तीन खेलमा उत्कृष्ट जित निकाल्दै अविजित रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey