राणा र थापा पत्रकारिता पुरस्कारबाट सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 542 पटक हेरिएको

नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट बरिष्ट पत्रकार अजय राणालाई सम्मान गरिएको छ । यस्तै सुमन भोम्जन स्मृती युवा खेल पत्रिकारिता पुरस्कारबाट नागरिक दैनिकका सञ्जय थापा सम्मानित गरिएको छ ।

खेलकुद पत्रकार मञ्चको १६ औं साधारण सभाका बेला राणा र थापालाई सम्मान गरिएको हो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ र ओलम्पिक कमिटीका अध्यष जीवनराम श्रेष्ठले सम्मान गरे ।

बरिष्ठ पत्रकार राणालाई सम्मान स्वरुप २५ हजार रुपैयाँ हस्तान्तरण गरियो ।

यस्तै युवा पत्रकार थापालाई एसियाली खेलकुद पत्रकार महासंघको सहयोगमा ल्यापटप प्रदान गरियो ।

मञ्चले यसअघि खेल पत्रकारीताबाट बरिष्ठ श्याम चित्रका, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरि र राजु शिलवाललाई सम्मानित गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey