एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 214 पटक हेरिएको

बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैटौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई दुई शुन्य गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख एक गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिक्किमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ ।

पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मंगलबारको खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्स बिच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey