त्रिदेशीय टी-२० क्रिकेट प्रतियोगिताका लागि नेदरल्याण्ड्सको टिम नेपालमा, मलेसिया पनि आजै पुग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 616 पटक हेरिएको

नेपालमा बैशाख चार गतेबाट सुरु हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स टिम काठमाडौं पुगेको छ । डच टिम आज विहान करिव साँढे १० बजे काठमामाडौ पुगेको हो ।

बायो बललमा बसेर नेपाल पुगेको नेदरल्याण्ड्सको टिम विमानस्थलबाट सोझै सोल्टी होटेलमा जानेछ । त्यसपछि उनीहरुको बुधबार कोरोना टेष्ट हुनेछ । त्यसपछि मात्र टिमसँग अरुले भेट्न पाउनेछन । १४ खेलाडी सहितको टिमले एक दिन मुलपानी मैदानमा प्रशिक्षण गर्ने तालिका रहेको छ ।

मलेसिया टिमपनि आज नै काठमाडौं पुग्नेछ । टिम दिउँसो १२ बजे काठमाडौं पुग्ने बताइएको छ ।

यो प्रतियोगिताको ब्यवस्थापनको जिम्मा एक निजी कम्पनीलाई क्यानले विक्रि गरेको छ । उसले नै सबै टिमको बसोबास लगायतका सबै ब्यवस्थापन गर्नेछ । यसका साथै सो कम्पनीले एक खेलाडीलाई खेलका बेला दिनको पाँच हजार रुपैयाँ भत्तापनि दिने सर्तमा क्यानसँग सम्झौता गरेको छ ।

कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुबै टिमले एक एक दिन मुलपानी मैदानमा प्रशिक्षण गर्ने तालिका पनि रहेको छ । यो प्रतियोगिता लागि कीर्तिपुर मैदानको तयारीपनि अन्तिम चरणमा पुर्याइएको छ ।

प्रतियोगिताको सबै खर्च कटाएर क्यानले १५ लाख रुपैयाँ पाउने सर्तमा ब्यवस्थापक कम्पनीसँग सम्झौता गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ ।

एक टिमले दुई दुई खेल खेलेर शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन । विजेता टिमले कति रकम पाउने भन्ने टुंगो लगाइसकिएको छैन ।

नेदरल्याण्ड्स टिम :

पिटर सीलार (कप्तान) टोबियस भिसे, बेन कूपर, म्याक्स ओ’डाउड, बास डि लिडे, विक्रमजीत सिंह, स्कट एडवर्ड्स, आर्यन दत्त, फिलिप बोइसेभैन, पल भ्यान मिकेरेन, भिभियन किंग्मा, टोनी स्टाल, सेबस्टियान ब्राट, जूलियन डिमे

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal