आईपीएलमा पञ्जावको रोमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 996 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जाव किंग्सले विजयी शुरुवात गरेको छ ।

सोमबार राति मुम्बईको वानखडे स्टेडिमयमा निकै प्रतिस्पर्धात्मक खेलमा पञ्जावले राजस्थान रोयल्समाथि ४ रनको रोमाञ्चक जित निकालेको हो ।

पहिलो ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर २२१ रनको विशाल योगलफल तयार पारेको थियो ।

२२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित समयमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका कप्तान सन्जु सामसनले शतकीय पारि खेलेका थिए । ६३ बल फेस गरेका सामसनले सात छक्का र १२ चौका प्रहार गरेका थिए ।

यसैगरी जोस बटलर र रियान परागले समान २५–२५ रन बनाउँदा शिबम दुवेले २३ रनको योगदान गरे ।

पञ्जावका लागि अर्सदीपले तीन विकेट लिँदा मोहमद सामीले दुई विकेट हात पारे ।

पहिला ब्याटिङ गर्दा पञ्जावका लागि केएल राहुलले ९१ रनको उत्कृष्ट पारि खेले ।

५० बलमा उनले पाँच छक्का र सात चौका प्रहार गरेका थिए ।

दीपक हुडाले ६४ रन बनाउँदा क्रिस गेलले ४० रनको योगदान गरे ।

राजस्थानका लागि चेतन साकरियाले तीन तथा क्रिस मोरिसले दुई विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal