कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३०
  • |
  • 660 पटक हेरिएको

तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र÷छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट छात्र÷छात्रामा समान ९–९ खेलाडी छनोट भएका हुन् ।

छात्रमा पारागनका सुनयन प्रजापति, मिनर्वाका उत्सव थुनइ, जेन्युनका सुमन नापित, बागेश्वरीका भूपेन्द्र ठकुरी, कृष तछामो र राज भरिखु, खपिन्छेका सुवास विक र सुमित कार्की तथा मिनर्वाका सुचन श्रेष्ठ छनोट भए । छात्रामा बागेश्वरीकी रश्मी श्रेष्ठ, साइनिङका सिमरन तामाङ, स्मृति तामाङ, सशिना तमखु, सजिना तामाङ, प्रतीक्षा वाइबा र प्रतीक्षा थापा मगर तथा पञ्चकन्याका प्रतिभा खड्का र विष्णु ओली रहेका छन् ।

करातेको छात्र÷छात्रामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । छात्र ३० केजीमा कृष वाछा, ३५ केजीमा विमलकुमार थापा, ४० केजीमा विकास तामाङ र एकल कातामा अनुभव आचार्य छानिए । चारै बागेश्वरीका हुन् । छात्रा ३० केजीमा बागेश्वरीकी श्रीया शाही, ३४ केजीमा रोम्बसकी कृतिका राई तथा ३८ केजी र एकल कातामा माउन्ट भ्यालीकी तेजु बजिकोले केन्द्रीय प्रतियोगिताका लागि स्थान सुनिश्चित गरे ।

टेबलटेनिसमा पनि समान ४–४ छात्र÷छात्रा गरी ८ खेलाडी छानिए । छात्रमा माउन्ट भ्यालीका सोहन गोर्खाली, द राइजिङका नुनिश सुवाल तथा प्रोक्सिमाका आशिष लिबी र सफल तामाङ छनोट भए । छात्रामा प्रभातकी करिना सुवाल, प्रोक्सिमाकी नर्वदा खाइतु र श्रृष्तिका लिबी तथा प्रभातकी सौरभी कोजु छानिए ।

सात खेल समावेश प्रतियोगिताअन्तर्गत उक्त तीन खेलसहित ६ खेलको छनोट सम्पन्न भइसकेको छ । यसअघि एथलेटिक्स, तेक्वान्दो र उसुको छनोट सम्पन्न भइसकेको छ । ब्याडमिन्टनको छनोट बैशाख ३ गते हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey