आइपीएलमा पञ्जाव र राजस्थान खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३०
  • |
  • 291 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएलमा आज राजस्थान रोयल्स र पञ्जाव किंग्स विच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने यो खेल नेपाली समय अनुसार राती पौने आठ बजेबाट सुरु हुनेछ ।

जारी सिजनमा दुबै टिमको यो पहिलो खेल हो । त्यसैले दुबै टिमको लक्ष्य जितका साथ प्रतियोगिता सुरु गर्ने रहेको छ ।

यो पटक राजस्थानले कप्तान परिवर्तन गरेको छ । जसमा यसपटक उसको कप्तानमा सञ्जु सामसन रहेका छन । उनी पहिलो पटक आइपीएलमा कप्तानी गर्न लागेका हुन ।

दुबै टिममा पावर हिटर खेलाडीको संलग्नता रहेको छ । जसका कारण यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यी दुई टिम पछिल्ला पाँच खेलमा खेल्दा राजस्थानले तीन खेल जितेको छ भने दुई खेल पञ्जावको पक्षमा गएको छ । अघिल्लो संस्करणमा यी दुई टिम विच प्रतिस्पर्धा हुँदा दुबै खेलमा राजस्थान विजयी भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal