आइपीएलमा काेलकाताकाे विजयी सुरुवात, हैदरावाद पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 363 पटक हेरिएको

इन्डिन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले जितका साथ नयाँ संस्करणको सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हरायो ।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो ।

कोलकताका लागि नितिश रानाले ८० रन बनाउँदा राहुल त्रिपाठीले ५३ रनको योगदान गरे ।

दिनेश कार्तिक २२ रनमा अभिजित रहे । हैदरावादका लागि मोहमद नावी र राशिद खानले समान दुई दुई विकेट लिए ।

जवाफमा हैदारावाद २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १० रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका ओपनर डेविड वार्नर तीन रनमा आउट भए भने रिद्धमान शाह सात रनमा आउट भए ।

तेस्रो विकेटका लागि मनिश पाण्डे र जोनी ब्रेस्टोले ९२ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।

तर ब्रेन्टो ५५ रनमा आउट भएपछि हैदरावादले एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि क्रिजमा आएका मोहम्मद नाबीपनि मात्र १४ रनमा पेभेलियन फर्किदा हैदरावाद दबावमा परेको थियो ।

त्यसपछि विजय शंकरले पनि मात्र ११ रन बनाए भने मनिश पाण्डे ६१ रनमा अविजित रहे ।

यस्तै अब्दुल सामादले १९ रनको योगदान गरे । बलिङमा प्रशिद कृष्णले दुई, सकिव अल हसन, पाट कुमिन्स र आन्द्रे रसेलले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey