विराट गाेल्डकपमा मच्छिन्द्र पहिलाे खेलबाट नै बाहिर, पञ्जाव पुलिस सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 523 पटक हेरिएको

ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लव एक साताको फरकमा अर्को प्रतियोगिताको पहिलो खेलबाट नै बाहिरीएको छ । अघिल्लो साता आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको मच्छिन्द्र विराट गोल्डकपमा पनि पहिलो खेलमा नै पराजित हुन पुगेको छ ।

शहिद रंगशालामा भएको खेलमा भारतको पञ्जाव पुलिस टिमले मच्छिन्द्र क्लवलाई दुई शुन्यले हराउँदै विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै कमजोर प्रदर्शन गरेको मच्छिन्द्रविरुद्ध खेलको ३९ औं मिनेटमा राजविर सिंहले गोल गर्दै पञ्जाव पुलिसलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको पञ्जाव पुलिसले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । उसका लागि ८४ औं मिनेटमा महाविर सिंहले गोल गरे । त्यसपछि मच्छिन्द्र खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

प्रतियोगितामा भोलीको क्वाटरफाइनलमा दुई विभागिए टिम नेपाल एपीएफ क्लव र नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal