क्यानले नामिवियासँग एकदिवसिय सिरिज गर्ने तयारी, महिला क्रिकेटको प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 461 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले आगामी मे महिनाको तेस्रो साता नामिवियासँग एकदिवसय क्रिकेट सिरिज गर्ने तयारी गरेको छ ।

मुलपानी स्थित क्यानको मुख्यालयमा बसेको बोर्ड बैठकले नामिवियासँग एकदिवसीय सिरिजका लागि तयारी गर्ने बताएको छ । यस्तै अप्रिलको तेस्रो साता देखि महिला राष्ट्रिय क्रिकेट टिम उत्तराखण्डको महिला क्रिकेट टिम विच टी २० र उकदिवसीय मैत्रीपुर्ण प्रतियोगिता गर्ने भएको छ ।
यस्तै यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मुख्य प्रायोजकका रुपमा वाई वाईसँग सम्झौता गर्दैछ । याे सम्झाैता मङ्गलबार हुँदैछ ।

सन् २०२१ मा १८–१८ महिला र पुरुष क्रिकेट खेलाडीको नयाँ बर्गिकरणका लागि उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा तीन सदस्सिय सिफारिस समिती गठन गरेको छ । जसमा सदस्य सञ्जयराज सिंह र प्रशान्तविक्रम मल्ल रहेका छन ।

यस्तै क्यानले संघमा बेरुजु  फर्च्याेटका लागि ३५ दिने सार्वजनिक सूचना निकाल्ने भएको छ । क्यानले विभिन्न समितीलाई विधान अनुसार पुर्णता दिने निर्णय गरेको छ । जसमा अनुशासन समितीको संयोजकमा शैलेस कर्माचार्य, उपसंयोजकमा रतन कठायत, सदस्यहरुमा नारायण अर्या र अजय वीर पाण्डेलाई जिम्मेवारी दिएको छ ।

क्रिकेट समितिको उप संयोजकमा दिवाकर घले, सदस्यमा पदम खड्का, करण महत्रा र विनय राजभण्डारी राखेका छन । छनौट समितीमा वासुदेव जोशीलाई नियुक्त गरिएको छ ।

यस्तै महिला क्रिकेट विकाश समितीको उपसंयोजकमा प्रदीप मजगैया, सदस्यहरुमा निरा राजोपाधयाय, जिना श्रेष्ठ र अनिल शर्मालाई मनोनित गरेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal