एसकेडियुएन टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 717 पटक हेरिएको

सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।

एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते महासंघ (एनएसकेएफ) २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोश्रो र अन्तराष्ट्रिय मार्सल आर्ट एसोशियसन (आईएमए) १ स्वर्ण, ३ रजत र ४ कास्यका साथ तेश्रो भयो । यस्तै १ स्वर्ण हात पारेको अन्तराष्ट्रिय सोतोकान कराते महासंघ (आईएसकेएफ) उत्कृष्ट अनुशासित टिम घोषित भयो । च्याम्पियन तथा अनुशासित टिमले ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल सोतोकान कराते डो संघ, भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा एसकेडियुएनका निमा शेर्पा पुरुष तर्फ सुजिता शाक्य महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै उदियमान खेलाडीको खिताव पुरुष तर्फ अन्तराष्ट्रिय मार्सल आर्ट संघका समिर सलामी र महिला तर्फ एसकेडियुएनकी प्रजिता श्रेष्ठले प्राप्त गरे । बिजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

एसकेडियुएनको आधिपत्य रहेको प्रतियोगिताको पुरुष ३० केजी तौल समूहमा सुभाष गौतम, ३५ केजीमा निरज कोईराला, ५० केजी तौलमा संन्देश चाम्लिङ्ग राई, ५५ केजीमा साजन दोङ्ग, ६० केजीमा निमा शेर्पा र खुल्ला तौल तर्फ सागर चौलागाईले स्वर्ण प्राप्त गरे । यस्तै ४० र ४५ केजीमा नेपाल सोतोकान कराते महासंघका अभिषेक कार्की र दिपेश राईले स्वर्ण पाए । यसैगरि पुरुष एकल कातामा अन्तराष्ट्रिय सोतोकान कराते महासंघका सौरभ सिलवालले स्वर्ण हात पारे ।

महिला तर्फको आठ बिधा मध्ये सात बिधामा सोतोकान कराते डो (एसकेडियुएन)ले स्वार्ण कब्जा ग¥यो । ३० केजीमा बिना वाईवा, ३५ केजीमा बर्षा के.सी., ४० केजीमा उशा शर्मा, ४५ केजीमा खुसी राई, ५० केजीमा सर्मिला वाईवा, ५५ केजीमा सुजिता शाक्य र खुल्ला तौल तर्फ पेम्बा शेर्पाले स्वर्ण हात पारे । यस्तै एकल कातामा अन्तराष्ट्रिय मार्सटल आर्ट संघकी अनिता मोक्तानले स्वर्ण प्राप्त गरिन् ।

बिजयी खेलाडी तथा टिमलाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले ट्रफी मेडल र प्रमाण पत्र बितरण गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey