पाकिस्तान सुपर लिग जुन १ बाट फेरी सुरु, सन्दिप भने नजाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 315 पटक हेरिएको

कोरोनाका कारण स्थगित भएको पाकिस्तान सुपर लिग फेरी जुन एक तारिखबाट सुरु हुने भएको छ । जसको फाइनल जुन २० मा हुने भएको छ । यो प्रतियोगिताका लागि अब नेपाली खेलाडी सन्दिप लामिछाने भने खेल्न नजाने भएका छन ।

पाकिस्तानमा यो प्रतियोगिता भइरहेका बेला केहि खेलाडीमा कोरोना देखिएपछि विचमा नै स्थगित भएको थियो । जसका कारण रासिद खानको स्थानमा लाहोर कलन्डर्सबाट खेल्न गएका सन्दिप एक खेलपनि नखेलि फर्किएका थिए ।

तर अब यो प्रतियोगिता हुने बेला सन्दिप बेलायतामा हुने टी २० ब्लास्त र द हन्ड्रेड खेल्न जाने भएकाले पीएसएलमा नजाने भएका छन ।

बेलायतमा टी २० ब्लास्ट जुन नौ तारिखबाट सुरु भएर १८ तारिखसम्म हुनेछ । त्यसपछि जुलाई २१ बाट द हन्ड्रेड सुरु हुनेछ ।

प्रतियागिताको करिव १५ दिन अगाडी नै सन्दिपले बेलायत पुग्नुपर्नेछ । त्यहाँ पुगेर बेलायत सरकारले तोकेको समय अनुसार क्वारेन्टिनमा बस्नुपर्नेछ ।

द हन्ड्रडमा सन्दिप ओभलमा आबद्ध छन । सन्दिपले करिव साँढे दुई महिना यी दुई प्रतियोगिताका लागि बेलायतमा विताउनेछन ।

यदि यो विचमा नेपाली राष्ट्रिय टिमको खेल परेको अवस्थामा उनी फर्किनेछन । नभए उनले पुरै समय दुई प्रतियोगिताका लागि समय दिनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey