आहा रारा गोल्डकपमा टिकट बिक्रिबाट करिव २१ लाख रूपैयाँ आम्दानी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 411 पटक हेरिएको

पोखरा शनिबार सम्पन्न भएको आहा रारा गोल्डकपको टिकट बिक्रिबाट आयोजकले करिव २१ लाख रुपैयाँ आम्दानी गरेका छन ।

नेपालमा पछिल्लो पटक कोरोनाको संक्रमण बढिरहेका बेलापनि आहा रारा गोल्डकपमा दर्शकको उपस्थिती राम्रो नै रहेको थियो । करिव एक साता चलेको प्रतियोगितामा आयोजकले २१ लाख १७ हजार दुई सय ७० रुपैयाँ आम्दानी गरेको बताएका छन ।

अघिल्लो संस्करणको भन्दा यो पटक टिकट विक्रिबाट भएको आम्दानी कम भएपनि आयोजक यतिमा खुसी देखिएका छन । अघिल्लो संस्करणमा आहा राराका आयोजकले टिकट विक्रिबाट करिव २८ लाख रुपैयाँ कमाएका थिए ।

यो संस्करणको प्रतियोगितामा फाइनलमा मात्र ११ लाख ७७ हजार रुपैयाँ टिकट बिक्रिबाट कमाएका हुन । यस्तै उद्घाटन खेलको दिन एक लाख ४६ हजार दुई सय ५०, दोस्रो दिन एक लाख १७ हजार, तेस्रो दिनको खेलमा एक लाख ३२ हजार ६ सय, चौथो दिनको खेलमा एक लाख ६७ हजार, पहिलो सेमिफाइनलमा एक लाख नौ हजार, दोस्रो सेमिफाइनलमा दुई लाख ६७ हजार सात सय टिकट विक्रिबाट आयोजकले आम्दानी गरेको बताएका छन ।

यो पटक आहा रारामा आठ टिमको सहभागिता रहेका थियो । जसमा उपाधिका प्रबल दावेदार टिम थ्री स्टार, मनाङ मस्र्याङ्दी पहिलो खेलबाट नै बाहिरीदा टिकट विक्रिमा केहि कमि भएको क्लवको ठम्याई छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey