विराटनगर-११ बिराट गाेल्डकपकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 831 पटक हेरिएको

घरेलु टीम बिराटनगर-११ बिराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा बिराटनगरले सिलिगुडी युनाइटेड एफसीलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्याे ।

एकपक्षीय खेलमा विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे।

खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। उनले प्रकाश बुढाथोकी क्रस पासकाे सदुपयाेग गरे ।

पहिलाे हाफमा एक गाेलले अगाडी रहेकाे विराटनगरले दाेस्राे हाफमा दुई गाेल थप्याे । ८५ औ मिनेटमा सन्जोग राईको क्रस पासमा प्रकाशले अग्रता दोब्बर बनाए । उनले डिबक्स बाहिरबाट दोश्रो बार च्याप्दै गरेको प्रहारमा विपक्षी टिमका गोलरक्षक निजम सिंहले कुनै प्रतिक्रिया जनाउन पाएनन्।

८९ औ मिनेटमा गोलरक्षक किशोर गिरीको लामो प्रहारलाई सुनिलले जाली चुमाउँदै विराटनगरको जित सुनिश्चित गरे। पहिलो हाफमा विराटनगरले १– ० ले अग्रता बनाएको थियो। दोस्रो हाफमा भारतका खेलाडीले सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेनन्।

७० औं मिनेटमा बंगालका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बनेका थिए। पहिलो हाफमा १ गोलले पछि परेको बंगालले  ७५ औं मिनेटमा फ्रिकिकको अवसर पाए पनि सदुपयोग गर्न भने सकेन।

आइतबारको दोस्रो क्वाटरफाइनल मछिन्द्र क्लब काठमाडाैं र भारतको पंजाव पुलिसबीच हुने छ। भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey