Mega Bank

संकटाका गाेलकिपर आहा रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 88 पटक हेरिएको

संकटालाई पहिलो पटक उपाधि दिलाउँदा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर राजाबाबु थापा आहा रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन ।

पोखरा रंगशालामा भएको फाइनलमा संकटालाई विजेता बनाउन राजाबाबुले खेलका बेला उत्कृष्ट प्रदर्शन गर्नुका साथै टाइब्रेकरमा पनि एक गोल बचाएका थिए । जसका कारण उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले एक थान स्कुटल पनि हात पारे ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर पनि राजाबाबु नै बने । यस्तै उत्कृष्ट डिफेन्डर निरज बस्नेत भने भने उत्कृष्ट मिडफिल्डर रिम बने ।

यस्तै उत्कृष्ट स्ट्राइकर अफ्रिकन रुट्सका बासेक ठहरीए । यस्तै सर्वाधिक गोलकर्ताको उपाधि भने चार जनाले संयुक्त रुपमा बाढे । जसमा पुलिसका बुद्ध लामा तामाङ, संकटाका ग्लोरी, अफ्रिकन रुट्सका बासेक र मौसा रहे ।

यस्तै उत्कृष्ट प्रशिक्षक अफ्रिकन रुट्सका सर्ज बोरिस चुनिए । उनीहरुले जनही २५–२५ हजार रुपैयाँ पाए । प्रतियोगिताको फेयर प्ले अवार्ड विभागिए टिम नेपाल पुलिसले पायो ।

भर्खरै

Advertisement