सिता मेयर कप महिला क्रिकेटकाे सर्वाेत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 685 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान सिता रानामगर बनेकी छिन ।

प्रतियोगितामा उत्कृष्ट बलर एपीएफकी विनु बुढा मगर बनिन । उनले प्रतियोगितामा पाँच खेलमा १० विकेट लिइन । जसमा उनले ६६ रन खर्चिएकी थिइन । उनको प्रतियोगितामा उत्कृष्ट बलिङ ११ रन खर्चिएर चार विकेट थियो ।

यस्त प्रतियोगिताको उत्कृष्ट ब्याटर प्रदेश एककी कप्तान रुविना क्षेत्री बनिन् । उनले प्रतियोगितामा चार खेलमा एक सय ६१ रन बनाएकी थिइन । जसमा उनको उच्च स्कोर ६८ रन थियो भने एउटा अर्धशतक बनाएकी थिइन । उनको टिम भने लिग चरणबाट बाहिरीएको थियो । विना र रुविनाले जनही १५–१५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार एपीएफकी कप्तान सिता रानामगरले पाइन । टिमलाई उपाधि दिलाउन राम्रो कप्तानी गरेकी उनले ब्याटिङ र बलिङ दुबैमा राम्रो खेलेकी थिइन । जसमा उनले ब्याटिङमा पाँच खेलमा एक सय २३ रन बनाइन ।

जसमा उनले एक अर्धशतक हिर्काएकी थिइन । उनको उच्च स्कोर ५२ रन रहेको थियो । बलिङमा पनि उनले पाँच विकेट लिएकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey