सिक्किममा पुलिसको सानदार जित कायमै, रोयल नर्थ ब्रदर्स ९ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 362 पटक हेरिएको

नेपाल पुलिस क्लवले सिक्किममा जारी कंचनजंगा सिल्ड पुरुष एक डिभिन लिगमा लगातार दोस्रो खेलमा सानदार जित निकालेको छ । शनिबार भएको खेलमा पुलिसले रोयल नर्थ ब्रदर्सलाई नौ विकेटले हराउन सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको राेयल नर्थ ब्रदर्स ३५ ओभर तीन बलमा एक सय २४ रनमा समेटियाे ।

उसका लागि कप्तान मनोजले ५९ बलमा तीन छक्का र पाँच चौकासहित ५६ रन बनाए । यस्तै विशाल तामाङले १५, कर्माले १४ र रिन्जिंग नामग्याल भूटियाले ११ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो रन जोड्न सकेनन् ।

बलिङमा स्पिनर अनिल खरेलले ८ ओभरमा तीन मेडनसहित २२ रन दिएर तीन विकेट हात पारे । यस्तै सिद्धान्त लोहनीले दुई, गुल्शन झा, प्रेम तामाङ, मञ्जित श्रेष्ठ र राशिद खानले एकएक विकेट लिए ।

जवाफमा पुलिसले १६ ओभर पाँच बलमा एक विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पुलिसको जितमा अमित श्रेष्ठ र दिलिप नाथले उत्कृष्ट साझेदारी गरे उनले पहिलो विकेटका लागि एक सय १० रनको साझेदारी गरे ।

जसमा दिलिप नाथले ६२ रनको पारी खेले । उनले ५७ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै अमितले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।

यसअघि पुलिसले ह्वाइट कोन्चलाई पनि १० विकेटले नै हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey