मेयर कप महिला टी-२० फाइनलः सुदुरपश्चिमद्वारा एपीएफ सामु १०७ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 484 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले एपीएफ क्लवलाई एक सय सात रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको सुदुरपश्चिमले १४ रनमा पहिलो विकेट गुमायो ।

४४ रनमा दोस्रो विकेट खेर फालेको उसले ६६ रन बनाउँदा तेस्रो विकेट गुमाउन पुग्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु ४० रन थप्दा चार विकेट खेर फाल्यो ।

सुदुरपश्चिमका लागि रेवती धामीले १० रन बनाउँदा डोली भट्टले १४ रनको योगदान गरिन । यस्तै कविता कुँवरले १३ रन थप्दा सुनिता लुहारले खाता खोल्न सकिनन् । यस्तै कविता जोशी मात्र तीन रनमा आउट भइन भने कप्तान रितु कनोजियाले चार रन मात्र बनाइन । मञ्जु बोगती तीन रनमा आउट हुँदा सम्झना खतिवडा एक रनमा अविजित रहिन ।

सुदुरकालागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन । उनले ५४ बलमा चार चौका प्रहार गरिन ।

एपीएफका लागि बलिङमा रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सिता रानामगर र विन्दु रावलले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey