मेयर कप महिला क्रिकेट: सुदुरपश्चिम टस जितेर ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 391 पटक हेरिएको

ललितपुर मेयर कप क्रिकेटको उपाधिका लागि अहिले एपीएफ क्लव र सुदुरपश्चिम विच प्रतिस्पर्धा भइरहेको छ । जसमा सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुर मैदानमा दुबै टिम पहिलो संस्करणको मेयर कपको उपाधि उचाल्ने लक्ष्यमा छन । यो प्रतियोगितामा अपराजित रहदै फाइनलमा पुगेको एपीएफ पेपरमा सुदुरपश्चिम भन्दा निकै बलियो देखिएको छ ।

यता सुदुरपश्चिमले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । उसले पनि एपीएफविरुद्ध आश्चार्यजनक नतिजाको अपेक्षा गरेको छ ।

यसअघि यी दुई टिम पीएम कप र यो प्रतियोगितामा खेल्दा दुबै खेल एपीएफले जितेको छ । पीएम कप क्रिकेटमा एपीएफ नौ विकेटले जितेको थियो भने यहि प्रतियोगिताको लिग चरणमा एपीएफले ३७ रनको जित निकालेको थियो ।

फाइनलमा सुदुरपश्चिमका लागि लगातारको हारमा पुर्णविराम लगाउनुका साथै नयाँ इतिहास बनाउने सुनौलो अवसर रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey